JanaKura

युवा तथा खेलकुद मन्त्रालयका सचिव रेग्मीद्वारा स्काउट प्रधान कार्यालयको निरीक्षण:-

नविना श्रेष्ठ
टाेखालाइभ डट कम/ मंसिर ७,२०७८

काठमाडौं /युवा तथा खेलकुद मन्त्रालयका सचिव एवं नेपाल स्काउटका राष्ट्रिय परिषद सदस्य डा. दामोदर रेग्मीले सोमबार नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ।

नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले सचिव डा.दामोदर रेग्मीलाई प्रधान कार्यालयमा फूलको गुच्छा दिई स्वागत गरेका थिए।

निरीक्षणको क्रममा सचिव रेग्मीलाई नेपाल स्काउटको सांगठनिक र कार्यक्रम तथा गतिविधिका बारेमा समेत नेपाल स्काउट निर्देशक भट्टराईले जानकारी दिइएका थिए।

उक्त अवशरमा सचिव रेग्मीले नेपाल स्काउटलाई जनताले माग गर्ने सस्थाको रुपमा स्थापित गर्न योजनाबद्ध रुपमा अगाडि बढ्न सुझाव दिएका छन्।

Exit mobile version