JanaKura

तारकेश्वरमा प्रेस सेन्टर नेपालको प्रथम नगर अधिवेशन सम्पन्न अध्यक्षमा सुनिता तिमिल्सिना चयन

टाेखालाइभ/ कार्तिक २८,२०७८

काठमाडौ/ तारकेश्वर नगरपालिकामा प्रेस सेन्टर नेपालको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ।

तारकेश्वर नगरपालिकामा प्रेस सेन्टर नेपालको ऐतिहासिक प्रथम अधिबेशन नेकपा माओवादी केन्द्र काठमाडौ जिल्ला अध्यक्ष हिमाल शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रेस सेन्टर नेपालको प्रथम अधिवेशनले
अध्यक्षमा सुनिता तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसमा उपाध्यक्षमा लिजा मगर,मिना गाैतम ,सचिवमा हरिश धिताल, काेषाध्यक्षमा रेशमकला तिमल्सिना र सदस्यहरूमा स्वस्तिका पाेखरेल, अर्जुन गाैतम, नवराज प्रसाईलाई चयन गरिएको प्रेस सेन्टर काठमाडौका सयोजक सागर पन्तले जानकारी दिए ।

 

Exit mobile version