JanaKura

बार परिसरमा वकिलबीच कुटाकुट

टोखा लाइभ २०७८ कार्तिक १२ गते ।

काठमाडौं। नेपाल बार एशोसिएसशनको भवन परिसरमा दुई जना अधिवक्ताबीच कुटाकुट भएको छ।

अधिवक्ता भूमिनन्द चुँडालले इजलास चल्नुपर्ने राय राखेर मिडियामा आफ्नो भनाइ राखिरहेको बेलामा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि प्रहार गरेका हुन्। कुटाई खाएका अधिवक्ता चुँडालले भने आफू कानूनी उपचारमा जाने बताएका छन्।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बारले आन्दोलन गर्ने चेतावनी दिएको छ। न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन्।

तर, कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामाको पक्ष र विपक्षमा उभिएका छन् । केही कानून व्यवसायीहरुले यसरी न्यायालयलाई बन्धक बनाउन नहुने धारणा राखेका छन् ।

Exit mobile version