JanaKura

तारकेश्वर नगरपालिकामा नेकपा एमालेका ११ वडा कमिटि अध्यक्षहरू को को भए ? नामावली सहित

टाेखालाइभ/कात्तिक ७ काठमाडौ ।

नेपाल कम्युनिस्ट पार्टी एमालेले हिजो देशभरका वडाहरुमा एक्कै पटक वडा अधिवेशन गरेको छ। नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभर वडा अधिवेशनको उद्घाटन गरेका थिए ।

यसै क्रममा काठमाडौको तारकेश्वर नगरपालिकामा पनि एमालेको वडा अधिवेशन सम्पन्न भएको छ। तारकेश्वर नगरपालिकामा भएका ११ ओटा वडाहरु रहेका छन।

नेकपा एमाले तारकेश्वर नगर कमिटि सचिव राजु तिमिल्सिनाले दिएको जानकारीअनुसार वडा कमिटि अध्यक्षहरुमा तार्केश्वर वडा नं. १ बाट गोपाल सापकोटा ,वडा नं. २ मा सञ्जय ढकाल वडा नं. ३ मा रुद्र प्रसाद घिमिरे, वडा नं. ४ मा नरेन्द्रदास श्रेष्ठ, वडा नं. ५ जयराम अर्याल, वडा न ६ बासुदेव तिमिल्सिना, वडा न ७ लक्ष्मण श्रेष्ठ ,वडा न ८ मोहन खत्री वडा न ९ श्यमकृष्ण महर्जन वडा न १० श्याम महर्जन वडा न ११ मनोहर थापा रहेका छन् ।

Exit mobile version