JanaKura

आदिवासी नेवाः जागरण अभियानको प्रथम भेला समारोह सम्पन्न

नविना श्रेष्ठ
टाेखालाइभ डट कम/कार्तिक ७,२०७८

आदिवासी नेवाः जागरण अभियान प्रथम भेला आयोजित एक समारोह कार्यक्रम सम्पन्न भएको छ।

जगत सुन्दर ब्वनेकुथि माध्यमिक विद्यालयमा हिजो प्रथम आदिवासी नेवा जागरण अभियानको बेला भएको थियो। कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुर, किर्तिपुर, टोखा, गोकर्णेश्वर, महालक्ष्मी लगायत सबै जिल्लाका नेवारहरुलाई समेटेको थियो।

आदिवासी नेवाः जागरण अभियानका अध्यक्ष श्री कृष्ण महर्जन कार्यक्रमका सभापतिको अगुवाइमा कार्यक्रम सञ्चालन भएको हो। काठमाडौँ उपत्यका भरिका नेवारहरूको आर्थिक सामाजिक राजनीतिक कानुन सम्बन्धमा बृहत् रूपमा छलफल भएको थियो। आदिवासी नेवाः जागरण अभियानका वरिष्ठ सल्लाहकार डा.महेश मान श्रेष्ठले अब देशको राजनीतिमा नेवार एक साथ अघि बढ्नुपर्ने साथै नेवारहरूको अधिकार पाउनुपर्ने विषयमा केही भनाइ राखेको थियो।

नेवारहरूको भु-भाग जमिन, राज्यसत्ता नेवा विस्थापन, जातीय संहार, आदिवासी अधिकार नेवा नेवा विषयमा अब नेवार सबै एक ढिक्का हुनु पर्ने सबैमा आग्रहसमेत गरेका थिए।

प्रथम बेलामा काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, किर्तिपुर नगरपालिका, टोखा नगरपालिका ,खोकना नगरपालिका, गोकर्णेश्वर नगरपालिका ,साखु नगरपालिका, महालक्ष्मी नगरपालिका लगायतका उपत्यका सबै नेवारहरु उपस्थित रहेको थियो।

Exit mobile version