JanaKura

अस्वस्थ भएपछि एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

टाेखालाइभ/ कार्तिक ५ ,२०७८

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्वस्थ भए पछि अस्पताल भर्ना भएका छन् ।केही दिनदेखि ज्वरो आएपछि घरमा नै आराम गरिरहेका भट्टराई आज उनी वीर अस्पताल भर्ना भएका हुन् ।ज्वरो कम नभएपछि वीर अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । भट्टराई बिहीबारको स्थायी कमिटी बैठकमा पनि सहभागी भएका थिएनन् ।

अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ ।

 

Exit mobile version