• Jana Kura

    • 2021-10-13

    टाेखालाइभ डट कम/ असोज २७,२०७८
    काठमाडौं : गायक कृष्ण भक्त महर्जनको गीत संगीत र स्वर रहेको नेपाल भाषाको गीतको भिडियो ‘छंगु माया जिके जुल’ सार्वजनिक भएको छ। गितमा गायिका लसता जोशीले साथ दिएकी छन् ।
    गायक कृष्ण भक्त महर्जन गायिक लसता जोशीको युगल
    गायनमा रहेको गीत ‘छंगु माया जिके जुलको गायक कृष्ण भक्त महर्जनको अफिसियल युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।

    ‘छंगु माया जिके जुल’ गितमा गायक कृष्ण भक्त महर्जनको
    आफ्नै स्वर, शब्द र संगीत रहेको छ। भूपेन्द्र बज्राचार्यले गितलाई एरेन्ज गरेका छन् ।बुद्ध सायमीको
    रेकर्डि / मिक्सिंग अडियो स्टुडियोमा रेकर्ड गरिएको हो ।

    ‘छंगु माया जिके जुल’ गितमा स्वदेश महर्जनको सम्पादन, भिडियोमा सुरेन्द्र महर्जनले निर्देशन गरेका छन् भने मनोज महर्जनले सहायक निर्देशन गरेको छ ।बसन्त महर्जन बीजेको छायाँकन र सलीम लवटको कोरियोग्राफर रहेको छ।

    गितमा माया प्रेममा बसेका दुई मायालु जोडीले एक अर्कालाई पाउन गरेको संघर्षबाट प्रभावित भएका अभिभावक अन्त्यमा राजी भएको र छोरीको खुसीमा आत्मबल नगुमाउने सम्पन्न परिवारको काहानीलाई मार्मिक ढंगले देखाएको छ।

    गीतको भिडियोमा चर्चित कलाकार धर्मराज श्रेष्ठसंगै
    सुरेन्द्र महर्जन, स्मृति डंगोल ,सलीम लवट,शोभा लवट,पर्सुराम श्रेष्ठ,बिजय डंगोल,सुरज श्रेष्ठ,मुती माया श्रेष्ठ,
    माया देवी श्रेष्ठ,शिलु श्रेष्ठ,कृति श्रेष्ठको अभिनय रहेको छ ।

    गितको दृश्यमा संस्कृति संरक्षित क्षेत्र टाेखा नगरपालिकाको महत्त्वपूर्ण ऐतिहासिक तलेजु क्वाख: मन्दिर प्राङ्गण, गणेशस्थान मन्दिर लगायतका विभिन्न स्थानलाई गितमा देख्न सकिन्छ ।

    गितको म्युजिक भिडियो हेर्न Click गर्नुहोस् ।

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै