JanaKura

३ दिन भेरोसेल खोपको पहिलो मात्रा लगाइने सम्बन्धमा टाेखा नगरप्रमुखको अपिल

टाेखालाइभ डट कम/असोज २१,२०७८

भोलिदेखि ३ दिन टाेखा नगरपालिकामा १८ वर्ष माथिकालाई काेभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ। टाेखा नगरपालिकाले १८ वर्ष भन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो।भेरोसेल खोपको पहिलो मात्रा लगाएर २१ दिन पुरा भएका व्यक्तिहरुले दोस्रो मात्रा खोपको लागि आफुलाइ नजिकै केन्द्र रहेको खोप केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

असोज २२ गते शुक्रबार ,२३गते शनिबार र २४ गते आइतबार गरि ३ दिन टाेखा नगरपालिकामा काेभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन अपिल गर्दै टाेखा नगरप्रमुख प्रकाश अधिकारीले टाेखा नगरवासीमा अनुरोध गर्नुभएको छ।

भेरोसेल खोपको पहिलो मात्राका लागि टाेखा नगरपालिकाका ११ वटै खोप केन्द्रहरु टाेकिएको छ । जसमा झाेर महाँकाल स्वास्थ्य चौकी टाेखा वडा नं.१, टाेखा वडा २ कार्यालय भवन,टाेखा वडा नं.३ कार्यालय भवन ,धापसी मावी टाेखा वडा नं.४,श्री समाज भवन टाेखा वडा नं.५ , वडा कार्यालय भवन टाेखा नं.६,तिलिङ्गटार मावी टाेखा वडा ७ , गाेंगबुं स्वास्थ्य चौकी भवन टाेखा वडा नं.८, वडाकार्यालय भवन टाेखा ९,वडा कार्यालय टाेखा वडा १० र सामुदायिक भवन टाेखा वडा नं.११ गरि खोप केन्द्र ११ वटा टाेकिएको छ।

खोप लगाउन अनलाइन दर्ताको लागि https://vaccine.mohp.gov.np/मा दर्ता गरि नं. लिएर जान सकिन्छ।

टाेखा नगरपालिकाको सुचना :

Exit mobile version