टाेखालाइभ डट कम/ असोज १३,२०७८
टोखा नगरपालिका सहकारी शाखाको आयोजनामा ५ दिने ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ सिद्धान्त अनुरुप ‘सहकारी सम्बन्धि वित्तीय व्यवस्थापन तथा लेखा तालिम’ संचालन भइरहेको छ।
५ दिने ‘सहकारी सम्बन्धि वित्तीय व्यवस्थापन तथा लेखा तालिमको टाेखा नगर प्रमुख प्रकाश अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । कार्यक्रमको विशिष्ट अतिथि टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोल ,प्रशासकिय अधिकृत प्रकाश आचार्य लगायतको उपस्थिति रहनुभएको थियो ।
असोज १२ गते मंगलबारबाट सन्चालन भएको ‘सहकारी सम्बन्धि वित्तीय व्यवस्थापन तथा लेखा तालिम’ असोज १६ गते शनिबारसम्म टोखा नगरपालिका वडा नं ७ को दैलो ईभेन्ट पार्टी प्यालेसमा संचालन हुनेछ ।
सहकारी सम्बन्धि वित्तीय व्यवस्थापन तथा लेखा तालिमको उद्देश्यमाथि प्रकाश पार्दै टोखा नगरपालिका सहकारी शाखाका अधिकृत कमला कार्कीले सहकारी सम्बन्धि वित्तीय व्यवस्थापन तथा लेखा तालिमले सहकारीको वित्तीय कारोबारको उचित व्यवस्थापन, सहकारीको कुन कुन शिर्षकका हिसाबकिताब कहाँ राख्ने,सहकारीको आर्थिक कारोबारलाई दुरुस्त र चुस्त कसरी राख्ने ? भन्ने विषयलाई मध्यनजर गर्दै उचित प्रशिक्षणले वित्तीय व्यवस्थापन मर्यादित व्यवसाय बनाउन टाेखा नगरपालिकाको वित्तिय तथा समग्र क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो।