JanaKura

आज नेपाल स्काउटद्वारा छैटौं संविधान दिवस तथा अन्तर्राष्ट्रिय शान्ति दिवसमा देशव्यापी रक्तदान कार्यक्रम गर्दै

नविना श्रेष्ठ
टाेखालाइभ संवाददाता/असोज ३,२०७८

छैठौं संविधान दिवस तथा अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा नेपाल स्काउट द्वारा विश्वव्यापी रक्तदान कार्यक्रम आज मिति २०७८ असोज ३ आइतबार निम्न स्थानहरुमा आयोजना एक कार्यक्रमको आयोजना गर्ने भएको छ।

रक्तदान कार्यक्रममा रक्तदान गर्नको निम्ति तथा कार्यक्रममा सहभागी हुन सबै स्काउट सदस्यहरुलाई नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले अनुरोध गरेका छन्। रक्तदान नै जीवन दान हो, रक्तदान गर्न इच्छुक सबैलाई आफूलाई पायक पर्ने स्थानमा उपस्थित भई रक्तदान गर्न समेत नेपाल स्काउट हार्दिक निमन्त्रणा गरिएको छ।

बागमती प्रदेश नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचोरमा बिहानको १० बजेदेखि दिउँसोको २ बजे सम्म रक्तदान कार्यक्रम हुने छन्। भने प्रदेश नं २ सम्सी गाउँपालिकाको कार्यालय, महोत्तरीमा बिहान ८ बजेदेखि सुरु हुन्छ। गण्डकी प्रदेश, प्रदेश स्काउट कार्यालय रामकृष्ण टोल, पोखरामा बिहान ८ बजेदेखि सुरु हुन्छ भने लुम्बिनी प्रदेश बुटवल बहुमुखी क्याम्पस बुटवलमा बिहान ८ बजेदेखि सुरु हुनेछ तथा कर्णाली प्रदेश, प्रदेश स्काउट कार्यालय, वीरेन्द्रनगरमा बिहान ११ बजेदेखि तथा सुदूरपश्चिम प्रदेश पार्क मोड ,धनगढी कैलालीमा बिहान १० बजेदेखि सुरुहुने नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले जानकारी दिएको छ।

Exit mobile version