नविना श्रेष्ठ
टाेखालाइभ डट कम/भाद्र १९,२०७८
राष्ट्रिय युवा संघले टोखामा ४३ सदस्य नगर कमिटी गठन गरेको छ। हिजो काठमाडौ भाद्र १८ गते नेकपा एमाले टोखा नगरपालिका कमिटिको आयोजनामा भएको युवा भेलाले अमर डङ्गोलको संयोजकत्वमा ४३ सदस्यीय राष्ट्रिय संघ नेपाल समिति गठन गरेको हो। कार्यक्रम टोखा वडा नं ३ सद्भाव पार्टी प्यालेसमा गरेको थियो।
भेलामा प्रमुख अतिथि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल रहेका थिए। भेलालाई सम्बोधन गर्दै ईश्वर पोखरेलले जनताको विकासको लागि राजनीति पार्टी एमाले भएको र उहाँको अहिले सभामुखको भूमिका नभएर गुरुला भएको आरोप लगाए र एमाले जनताको तथा राष्ट्रको लागि सधैं भरी यसरी नै काममा लागि रहने बताए।
भेलामा सम्बोधन गर्दै टोखा नगरपालिकाका मेयर अधिकारीले अबको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी हुने र जनताको विश्वास अनुसार काम गर्दै अघि बढ्ने बताए। बिशेष अतिथि राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले ४३ सदस्यीय नगर कमिटीको नाम घोषणा गरेका थिए।