JanaKura

टोखा नगरपालिका वडा १ मा राष्ट्रिय युवा संघ नेपालको २५ सदस्यीय वडा कमिटी गठन

टाेखालाइभ डट कम / भाद्र १२, २०७८,

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) टोखा नगर कमिटीको आयोजनामा आज टाेखा नगरपालिका वडा १ झोरमा भएको भेलाले सुर्य बहादुर तामाङको सयोजकत्वमा  राष्ट्रिय युवा संघ नेपालको २५ सदस्यीय कमिटी गठन गरेको छ। युवा संघ वडा कमिटी गठन एवं  सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले काठमाडौ जिल्ला कमिटी अध्यक्ष कृष्ण राई रहेका थिए।

अतिथिमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , टाेखा वडा न १ का अध्यक्ष श्री कृष्ण अधिकारी, टाेखा नगरपालिका कमिटीका अध्यक्ष सत्यनारायण डंगोल , तारकेश्वर नगरपालिका वडा न ९ का वडा अध्यक्ष बलराम सिटौला ,अखिल नेपाल किसान महासघका नेता किष्ण अधिकारी युवा सङ् केन्द्रिय सचिब महाराज गुरुङ , केन्द्रिय स्थाइ कमिटीको सदस्य एबम क्षत्रिय उत्प्रेरक अमित पौडेल , केन्द्रीय सदस्य रामकुमार अधिकारी ,युवा संघ काठमाडौ जिल्ला अध्यक्ष सन्तोष अर्याल लगायत कार्यक्रममा उपस्थिति रहेकाे युवा सघका केन्द्रीय सदस्य रामकुमार अधिकारीले जानकारी दिए ।

Exit mobile version