JanaKura

अन्ततः २४ वर्षपछि पुनः फुट्यो एमाले

टाेखालाइभ/भाद्र २,२०७८
काठमाडौं–अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले)
२४ वर्षपछि पुनः फुटेको छ। एमालेका वरिष्ठ नेता माधवकुमार नेतृत्वको समूहले नेकपा एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा आज नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै एमाले औपचारिक विभाजन भएको हो।

नयाँ अध्यादेशमा केन्द्रीय सदस्य र सांसद संख्याको २० प्रतिशत लिएर दल विभाजन गर्न सकिने प्रावधान छ। यसअघि उक्त संख्या ४० प्रतिशत थियो।एमाले विभाजनका लागि सहज बनाउँन सरकारले दल विभाजन अध्यादेश ल्याएपछि नेपाल समूहले पार्टी विभाजन गरेको हो।

यसअघि महाकाली सन्धिदेखि असन्तुष्ट बामदेव गौतमले २०५४ सालमा ठूलो संख्याका साथ एमाले फुटाएर नेकपा माले गठन गरेका थिए। त्यसपछि गौतम २०५८ सालमा पुनः एमालेमै फर्किएका थिए। त्यसपछि २०५९ सालमा तत्कालीन उपाध्यक्ष अशोक राईलगायतका जनजातीय मुद्धाका पक्षमा वकालत गर्ने नेताहरुले पार्टी परित्याग गरेका थिए।

Exit mobile version