JanaKura

माधव नेपाल र रामकुमारी झाँक्रीसहित एमालेका १४ सांसद पदमुक्त

१ भदाै, काठमाडाैँ । नेकपा (एमाले)ले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई पदमसक्त गरेको छ । एमालेले नेपालसहित सांसदलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारीसहितको पत्राचार गरेको छ । एमालेले कारबाही गरेका सांसदमा माधव नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणी चौधरी रहेका छन ।

Exit mobile version