JanaKura

घर सम्झँदै उडने परी

• हिक्मत डंगोल

टोखा लाइभ ।२०७८ साउन ३२ गते ।

एक निमेषमा हराएर जाने चहक महक भन्दा सधै रहिरहने कलामा विश्वास गर्छिन सुनिभा श्रेष्ठ । १७ वर्ष को कम उमेरमा नै कला क्षेत्र मा पाईला राख्दै एकाएक युवा महिला कलाकारको पंत्तिमा एउटा उदीयमान उज्ज्वल प्रतिभाका रूपमा स्थापित भईसकेकी छिन सुनिभा। एउटा सामान्य कलाकार एकाएक चुलिए पछि उसको दैनिकीमा के भिन्नता हुन्छ? यस प्रश्न को उत्तरमा उनी भन्छिन- “ अहिले चित्रहरू तयार गर्दे छु। कुदाकुदले भरिएको छ। यी माथिको चित्र एक परीले पहाड़ बाट चियाई रहेकी छिन । जुन म पोखरा जॉदा बनाएको थिएँ । यो परी जतिसुकै टाढा बसाई सरे पनि यादगारी बोकेर घर सम्झेर उडिरहेकी हुन्छिन। “

यस्तै गरी “वाक्स गार्डियन “ नामको शीर्षकको पेन्टिग मा आफू जलेर अरूलाई उज्यालो छर्ने त मैनवत्ती मात्रै हो !तर यसमा एक परी आफु पग्लिएर अरूलाई सहयोग गरिरहेकी छिन। भन्न त सवैजनाले अरूको सहयोग र उद्दार गर्न पाए ज्यान दिन्छु भन्छन ! तर म के भन्न चाहन्छु भने कसैले पनि नमागे सम्म सहयोग गर्न नहुने मेरो मान्यता छ। यदि त्यसो गरेमा आफुलाई हानी हुने सुनिभाको ज़िकिर छ ।

वरिष्ठ कलाकार एरिना ताम्राकार मार्फ़त कला सिकेकी सुनिभा वहॉकै प्रेरणाले कलातिर आकर्षित भएको उनी बताउँछिन। आफ्नो जीवन आफ्नै ढंगले बॉच्नु पर्ने पक्षमा छिन सुनिभा । उनी स्वतंत्रता र स्वायत्त जीवन शैली रोज्न चाहन्छिन । “ मलाई के लाग्छ भने हामी यसरी खुलेर सहज रूपमा बॉच्नु पर्छ जसले अरू कोहीलाई वाधा नपुगोस। अबको डेढ़ वर्ष पछि यस चित्रकला सम्बन्धि अध्ययन गर्न विदेश जॉदैछु। जसमा म आत्म निर्भरतामा अग्रसर भइरहेकी छु।”

Exit mobile version