• 2020-06-14

३२, जेष्ठ, २०७७, आइतवार ।

टोखा लाइभ — सत्तारुढ नेकपाको आइतबार ४ बजेका लागि बोलाएको सचिवालय बैठक स्थगित गरिएको छ । नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको आजको बैठकले अर्थमन्त्री युवराज खतिवडा र पार्टीले गठन गरेको अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओ‌लीको स्वास्थ्यका कारण बैठक स्थगित गरिएको बताइएको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै