JanaKura

आज एसइईको नतिजा सार्वजनिक

टाेखालाइभ/ श्रावण २३ काठमाडौं

आज राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परिक्षाफल प्रकाशित गरेको छ। विद्यालयले गरेको आन्तरिक मुल्यांकनको आधारमा नै नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रण कार्यालयले
जनाएको छ।नेपालमा ५ लाख १७ हजार विद्यार्थीले एसइई दिएका थिए । बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फत नतिजा थाहा पाउन सकिन्छ।

गत जेठ १३ देखि भौतिकरूपमा एसइई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरे पनि कोभिडकै कारण परीक्षा हुन नसकेपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो।

एसइईको नतिजा
www.see.gov.np, www.neb.gov.np, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ncell.axiata.com मा हेर्न सकिन्छ।

Exit mobile version