JanaKura

आज टाेखा नगरपालिकामा भेरोसेलको दोस्रो मात्रा खोप लगाईदै:

टाेखालाइभ डट कम/ श्रावण २२,काठमाडौं

टाेखा नगरपालिकामा कोरोना विरुद्धको चाईनिज खोप भेरोसेलको दोस्रो मात्रा आज श्रावण २२ गते लगाइदै छ। गत असार ३०, ३१ र साउन १ गते भेरोसेलको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई अहिले दोस्रो मात्रा लगाउन लागिएको हो। टाेखा नगरपालिकाको ११ वटै स्थानमा खोप केन्द्र संचालन गरिने टाेखा नगरपालिकाद्वारा प्रकाशित सूचनामा जनाईएको छ।

भेरोसेलको खोपको दोस्रो मात्रा लगाउन अनलाइन https://vaccine.mohp.gov.np/मा दर्ता गरि दर्ता न. लिएर आउनुहुन नगर वासीहरुमा टाेखा नगर प्रमुख प्रकाश अधिकारीले सूचनामा अनुरोध गरेको छ।
नगरवासीको स्वास्थ्यलाई प्राथमिकता दिएर आवश्यक स्वास्थ सुरक्षा मापदण्ड अपनाएर आफुलाई पायक पर्ने नजिकैको वडाको खोप केन्द्र गई खोप लगाएको २१ दिन पुगेकाहरुले दोस्रो मात्रा खोप लगाउन नगर वासीहरुमा अनुरोध गरिएको छ।

टाेखा नगरपालिकाको सूचना:-

Exit mobile version