JanaKura

लगातार ३ दिन वर्षाको सम्भावना

टाेखा लाइभ डट कम / श्रावण ११

काठमाडौं /मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश ठाउँमा लगातार  तीन दिनसम्म वर्षा हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउनुपर्ने देखिएको छ । सुदूरपश्चिमका केही ठाउँमा आज र भोली प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने क्रम सुरु भएकाले मनसुन सक्रिय भएको महाशाखाले जनाएको छ ।
धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । महाशाखाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Exit mobile version