JanaKura

भोलि शनिबारबाट लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात संचालन हुने

टाेखा लाइभ डट कम/श्रावण ०८, २०७८

काठमाडौं ।  सरकारले लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात भोलि शनिबार देखि संचालन गर्ने भएको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

उपत्यकाका सम्पुर्ण यातायात व्यवसायीहरुले नेपाल सरकारले टाेकेको जन स्वास्थ्य मापदण्डको पुर्ण  पालना गरि  मध्यम तथा लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न समेत जिल्ला  प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै काठमाडौं जिल्ला प्रशासनले शुक्रबार आदेश जारी गरेर निर्णय गरेको हो ।

Exit mobile version