JanaKura

चण्डश्वरी मन्दिरमा सरसफाई अभियान कार्यक्रम सम्पन्न

टोखा लाइभ । २०७८ साउन ३ गते।

टोखा नगरपालिका वडा नं २ अन्तर्गत पर्ने ऐतिहासिक चण्डेश्वरी मन्दिर वरपर सरसफाई अभियान कार्यक्रम आज आइतवार विहान बृहत रूपमा सम्पन्न भएको छ ।चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समिति, भगवती क्लब, चण्डेश्वरी युवा क्लब, टोखा खानेपानी व्यवस्थापन समिति, महानगरीय बिष्णुमति प्रहरी प्रभाग र महानगरीय प्रहरी वृत महाराजगंजको आयोजनामा सरसफाई कार्यक्रम गरिएको हो।

हाम्रो घर आङ्गन, मन्दिरको फोहरले गर्दा हाम्रो शरीरमा विभिन्न किसिमका रोग लाग्न सक्छ छ ।त्यसैले आफ्नो घर ,ऑगन , मन्दिर, पाटीपौवा, आफैं टोल सफा राखौं र असल संस्कार सिकौंउ। आफ्नो देश आफैँ बच्चाउँ, असल संस्कार, समृद्धिको आधार र जनचेतना मुलक तथा सरसफाई अभियानको तिब्रता गर्दै साथ आज पुरै चण्डेशरी मन्दिर इलाका सरसफाई गरीएको छ।

यस बृहत सरसफाइ कार्यक्रममा महाराजगंज प्रहरी वृतका डीएसपी प्रवेश रेग्मीले स्थानिय युवा गरी करिव ५० जनाको सहभागिता रहेको टोखा लाइभलाई जानकारी दिएको छ।

Exit mobile version