JanaKura

काेभिड भ्याक्सिन भेरोसेल दोश्रो मात्रा लगाउने सम्बन्धमा टाेखा नगरप्रमुखको अपिल :-

टाेखालाइभ/ असार २०,काठमाडौं

टोखा नगरपालिकामा भेरोसेल खोपको पहिलो चरणमा गत जेठमा सम्पन्न भए पछि नगरपालिकाले अब दोश्रो डोज लगाइने भएको छ। कोरोना विरुद्धको खोप अभियान अन्तर्गत टोखा नगरपालिकामा यहि असार २२ गते देखि काेभिड भ्याक्सिन भेरोसेल दोश्रो मात्रा लगाउने सम्बन्धमा टाेखा नगरप्रमुख प्रकाश अधिकारले टाेखा नगरवासीमा अनुरोध गर्नुभएको छ।

नेपाल सरकारले जारी गरेको निर्णय अनुसार गत जेष्ठ २५ गते देखि २९ सम्म भेरोसेल पहिलो मात्रा लगाएका व्यक्तिहरुका लागि भेरोसेल खोपको दोश्रो मात्रा यहि असार २२ गते देखि २५ गते सम्म ग्राण्डी अन्तरास्ट्रिय र अल नेपाल अस्पतालमा खोप लगाउने कार्यक्रम संचालन हुनेछ। खोप लगाउन आउँदा पहिलो खोप लागाएको खोप कार्ड अनिवार्य लिएर आउनहुन अनुरोध गर्दै नगर प्रमुख प्रकाश अधिकारीले नगरपालिका भन्दा अन्यत्रका खोप केन्द्रहरुमा खोप लगाएका व्यक्तिहरुले अनलाइन दर्ता भरी अनिवार्य ८ अंकको दर्ता नं.लिएर आउनुहुन समेत नगर वासीमा अनुरोध गरेको बताए ।

खोप लगाउने मिति

पहिलो खोप जेष्ठ २५ गते लगाएका = २०७८/०३/२२ गते
पहिलो खोप जेष्ठ २६ गते लगाएका = २०७८/०३/२३ गते
पहिलो खोप जेष्ठ २७ र २८गते लगाएका =२०७८/०३/२४ गते
पहिलो खोप जेष्ठ २९ गते लगाएका = २०७८ /०३/२५ गते

Exit mobile version