JanaKura

जेभियर इन्टरनेशनल कलेजले जित्यो वर्ल्ड लिडर समिट अवार्ड:-

 

नविना श्रेष्ठ
टाेखालाइभ/असार १७

काठमाडौंको कालोपुलमा रहेकाे जेभियर इन्टरनेशनल कलेजले वल्ड लिडर समिट अवार्ड जितेको छ। शैक्षिक क्षेत्रमा
पुयाएको असिमित याेगदान र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेकाले इन्टरनेशनल कलेजलाई सो अवार्ड प्रदान गरिएको हो।
निरन्तर शैक्षिक गुणस्तर र उत्कृष्ट पूर्वाधार सहित युगलाई सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज अवार्डले सम्मानित भएको जेभियर कलेजका सिईओ नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले बताए।

इन्टरनेशनल सेन्टर फर यक्सिलेन्स इन यजुकेसन र स्पेस (सोसाइटी फर पेपेरचयसन अफ आर्ट कल्चर यन्ड यजुकेसन) नामक सख्याले विश्वभरीवाट
जेभियर इन्टरनेशनल कलेजलाई गुणस्तरिय शिक्षा प्रदान गरेकोले सो सम्मान प्रदान गरेको जेभियर इन्टरनेशनल कलेजले जनाएको छ। जेभियर इन्टरनेशनल कलेज कालोपुल यस अघि पनि विभिन्न अंतराष्ट्रीय अवार्डवाट सम्मानित भएको छ।

Exit mobile version