JanaKura

काठमाडौंमा आजदेखि जोर-बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात चल्ने:-

टाेखालाइभ/असार १५,२०७८ ,
काठमाडौं उपत्यकामा आजदेखि जोर-बिजोर प्रणालीअनुसार
सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। आज सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको हो।जसअनुसार आज देखि २५ भन्दा बढी सिटवाला सार्वजनिक बसलाई पनि जोर-बिजोर प्रणालीमा सञ्चालन गर्न खुला गरिएको हो। यसबमोजिम गतेको अंक जोर परेको दिन जोरवाला र बिजोर अंक परेको दिन बिजोरवाला नम्बर प्लेट भएका तर २५ भन्दा बढी सिट भएका बस चलाउन पाइनेछ।

हिजो काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा यही असार २१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।

त्यस्तै खाद्य पसल बिहान ६ बजेदेखि तथा अन्य पसल बिहान ११ बजेदेखि दिनभर खोल्न पाइनेछ। आजबाट एक हप्ता थप गरिएको निषेधाज्ञा थप खुकुलो बनाइएको हो।

कोरोनाको दोस्रो लहर सुरु भएयता गत वैशाख १६ गतेदेखि उपत्यकामा सार्वजनिक यातायात बन्द थियो भने निजी सवारीसाधन पनि जोर–बिजोर प्रणालीमा अघिल्लो हप्तादेखि मात्र खुला गरिएको हो।

Exit mobile version