JanaKura

टोखा नगरपालिकामा भेरोसेल खोपको दोश्रो डोज असार २२ गतेदेखि लगाइने, अरु कहाँ र कहिले ?

टाेखालाइभ/ असार १३,काठमाडौं 

टोखा नगरपालिकामा भेरोसेल खोपको पहिलो चरणमा गत जेठमा सम्पन्न भए पछि नगरपालिकाले अब दोश्रो डोज लगाइने भएको छ। कोरोना विरुद्धको खोप अभियान अन्तर्गत टोखा नगरपालिकामा यहि असार २२ गते देखि दोश्रो डोज खोप लगाइने छ।

टोखा नगरवासीहरुमा भेरोसेल खोपकोलागि ग्राण्डी अन्तरास्ट्रिय र अल नेपाल अस्पतालमा खोप लगाइने छ ।

काठमाडौंको मिति २०७८/०३/२२ देखि खोपको लागि प्रस्तावित खोप केन्द्रको सम्पुर्ण  विवरण तालिकामा हेर्नुहोस् ।

Exit mobile version