JanaKura

हार्दिक समवेदना प्रकट

टोखा लाइभ ।२०७८ असार १० गते ।

काठमांडौं।हाम्रा टोखा लाइभ डट कमका अतिथि सम्पादक ओम शंकर श्रेष्ठका अत्यन्तै प्रिय इमान्दार, मिलनसार एवम् सफल आर्किटेक्ट भाई पुष्पशंकर श्रेष्ठको मिति २०७८ साल जेठ २९ गते ४७ वर्षको उमेरमा भएको अप्रत्यासित एवं असामयिक निधनले हामी टोखा लाइभ डट कमलाई स्तब्ध बनाएको छ। आज १३ औं दिनको पुण्य तिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना तथा हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै वहाँ हामी बीच सदा स्मरणीय रहनुहुने ठान्दछौं । स्व. पुष्पशंकर श्रेष्ठको परिवारमा श्रीमतीमा जस्मिन श्रेष्ठ, छोरीमा पुजय श्रेष्ठ र निया श्रेष्ठ हुनुहुन्छ।

टोखा लाइभ डट कम परिवार

Exit mobile version