JanaKura

आजको मौसम : यी ठाउँमा भारी वर्षा हुने भएकाले सतर्क रहन अनुरोध

टोखा लाइभ ।२०७८ असार ७ गते

काठमाडौं । देशका केही स्थानमा भारी वर्षा हुने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाले भनेको छ, ‘प्रदेश १ का केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका पहाडी भूभागमा पहिरो जाने, नदीनाला तथा खहरेमा पानीको सहतह बढ्न सक्ने छ।’

यी कारणहरुले यातायात पनि अवरुद्ध हुनसक्ने विभागले जनाएको छ। प्रदेश १ का केही स्थान बाहेक प्रदेश २ र लुम्विनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाद्वारा जारी बुलेटिनमा बताइएको छ।

यस्तै महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको पनि महाशाखाले जनाएको छ।

देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको पनि महाशाखाले उल्लेख गरेको छ।

Exit mobile version