JanaKura

पछिल्लो २४ घण्टामा थप ९० जनाले जिते कोरोना:-

२८ जेष्ठ २०७७, बुधबार ।

टोखा लाइभ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानाकारी अनुसार जनकपुरस्थित अस्पतालबाट ३७ जना, सिराहाबाट २० जना र दाङमा उपचार गराइरहेका ७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

त्यस्तै कोशी अस्पताल विराटनगरबाट ६ जना, काठमाडौंको बलम्बुस्थित अस्पतालबाट १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना निको भएर फर्किएका छन् ।

यीमध्ये २ महिला हुन् भने ८८ जना पुरुष हुन्। योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७४ पुगेका छन्। हालसम्म १५ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

Exit mobile version