JanaKura

गृहमंत्रालयबाट जारी सबै सवारी पास खारेज हुने

टोखा लाइभ ।सवारी साधन चलाउन गृह मन्त्रालयबाट जारी गरेको सवारी पास रद्द भएका छन ।यस्तो निर्णय शनिबारदेखि लागू हुने भएको छ । सरकारी पासको दुरुपयोग गरि अनाधिकृत रुपमा आवतजावत बढेको र यसले कोरोनाको सङ्क्रमण बढाएको निचोडमा सरकार पुगेको हो ।

बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएको थियो ।शनिबारदेखि भने जिल्लाभित्रै पनि पासलाई मान्यता नदिइने भएको हो ।कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनमा कडा गर्ने भएको हो ।

निर्णय देशभर नै लागू गर्नेगरी गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर समेत गरेको छ ।नेपालमा अहिलेसम्म २४६ जनामा कोरोना देखीएको छ ।

Exit mobile version