JanaKura

शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

टाेखालाइभ डट कम / जेष्ठ २७,२०७८

ललितपुर – वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीको मुटु, छाती दुख्न र पोल्न थालेपछि हिजो उहाँलाई ललितपुरको किस्ट मेडिकल कलेजमा भर्ना हुनुभएको छ।
आजदेखि उहाँको स्वास्थ्यमा सुधार आएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जानकारी दिदै ओेैषधी चलाएको आधा घन्टापछि उहाँलाई आराम हुन थालेको डा कार्कीले जानकारी दिनुभएको न्युज पातीको समाचार स्रोतमा भनेको छ।

अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार हिजै उहाँले घर जाने इच्छा प्रकट गर्नुभएको, तर उहाँको विशेष उपचार भइरहेकोले पूर्ण रूपमा आराम भएपछि मात्र उहाँलाई घर पठाइनेछ।

डा.जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले किस्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि आआफ्नो शरीर मरणोपरान्त समर्पण गर्नुभएको छ ।

Exit mobile version