टोखा लाइभ ।२२,जेष्ठ २०७८
एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तेस्रो विवाह गरेका छन् । एउटा सानो पारिवारिक जमघटमा उनले आफ्नी प्रेमिका क्यारी साइमण्डस्सँग विवाह गरेको डेलीमेल यूकेले जनाएको छ।
सन् २०१९ देखि सम्बन्धमा रहेका ५६ वर्षीय प्रधानमन्त्री जोन्सन र ३३ वर्षीया साइमण्डस्ले एक क्याथोलिक चर्चमा पुगेर विवाह गरेको समाचार उल्लेख छ ।
बेलायतमा दुई सय वर्षयता प्रधानमन्त्री पदमै रहेर विवाह गर्ने जोन्सन पहिला व्यक्ति भएको दि टेलिग्राफले जनाएको छ। कोरोना भाइरसका कारण लगाइएको नियमअनुसार विवाहमा जम्मा ३० जना मात्र अतिथि बोलाइएको पनि उल्लेख छ।
जोन्सनले सन् २०१८ मा आफ्नी पत्नी मरिना ह्वीलरसँग २५ वर्षे सम्बन्ध तोडेको केही समयमै अहिलेकी प्रेमिकासँग दिल जोडेका थिए । मरिनासँग उनको चार बच्चा भएका थिए । जोन्सनले पहिलो विवाह भने २३ वर्षको उमेरमा एलेग्ग्रा मोस्टनसँग १९८७ मा गरेका थिए ।
तर जोन्सन बच्चादेखिकै साथि ह्वीलरसँग प्रेममा गाँसिएपछि १९९३ मा यो सम्बन्ध टुटेको थियो। जोन्सनको पूर्व पोल डान्सर जेनिफर अर्कुरीसँग पनि प्रेमसम्बन्ध रहेको डेलीमेल यूकेले जनाएको छ।
प्रधानमन्त्री बोरी कोरोनाको पहिलो फेजमा कोरोनाबाट सिकिस्त भएका थिए । उनी लामो समयको उपचारपछि निको भएर घर फर्किएका थिए।