JanaKura

कोरोना (झ्याउरे छन्दमा)

कोरोना आयो भयोनि पिर मानिस मरेर
केहोखै यस्तो अचम्म पार्ने कोरोना भनेर ।

देशमा सबै बन्दछ यहा चलेन गाडीनी
रोगले गर्दा भएछ देश सुनर साननि ।

डरपो लाग्छ सुनेर यस्तो रोगले मरेको
कसरी यस्तो कोरोना हामी भोगनु परेको ।

सन्देश सुन्दा भयोनि मन डरको सिकार
रोगले गर्दा मर्दछन् मान्छे लागछनी धिक्कार ।

खानको लागि खानानि छैन पिडाछ देशमा
केबोल्नु बरै मारिए मान्छे कोरोना भेषमा ।

आयोनि अब कोरोना यहा मरेछन् मानिस
पिडामा सबै रोएछ मन हेर्दछन् मानिस ।

देखेको छैन कोरोना कोही कसैको आखा“ले
केभयो यस्तो मरेछन् मान्छे देखेछन् साराले ।

नआउ रोग कोरोना अब गारोभो अतिनै
मरेछ मान्छे रोगले गर्दा नगर खतिनै ।

कामनि छैन दामनि छैन खानपो पाछैन
कोरोना जाउ तिमीले गर्दा कैपनि पाछैन ।

मरेनि मान्छे कोरोना तिमी आएछौ त्यसैले
केहोनि यस्तो कोरोना रोग निकाल्यो कसले ।

जाउन अब बिनति सारा मानिस सबको
आएर तिमी भएछ यहा¤ पिडाछ सबको ।

बिनती छनि सुनन तिमी नपार पनौति
कोरोना शान्त भयोनि भने हट््नेछ चुनौति ।

नआउ अब फर्केर तिमी मान्छेको पुकार
जहाछौ तिमी जाउन अब मनले स्वीकार ।

सुनन तिमी बिनती हामी मानिस सबको
जाउन अब कोरोना तिमी वच्छन् बाचेको ।

नआउ अनि फर्केर तिमी सबको चाहना
बिनती सोचि जाउल अब सबको कामना ।

भारत चिन मितेरि हाम्रा दोशाध छिमेकी
मिलेर बसौं साटेर खाऔं नगरी नौटंकी ।

कोरोना त्रास भएको बेला केगर्यौ भारत
लेकमा लिपु सडक खनि बिगर्यौ संगत ।

कोरोना जस्तो नबन तिमी पिडामा नपार
खुकुरी बोकि आएमा हामी हुनेछौ सिकार ।

देशको लागि लड्नेछौ हामी रगत बगाऔं
कोरोना जस्तै दिएर त्रास लेकनै बचाऔं ।

नपार बाध्य खुकुरी खोल्न देशको सिमामा
बालक बृद्ध जुटेर सबै रमाऔं यसैमा ।

कोरोना जस्तो नबन तिमी हामीनि बन्दैनौ
मिलेर बसौ बाडेर खाऔ शत्रुनि ठान्दैनौ ।

असल मित्र भएर बसे भलो छ यसैमा
मरेर जानु छैननी लानु बुझन त्यसैमा ।

जुटेर लागे मिलेर बसी कोरोना भगाऔ
शान्तिको दिप बालेर हामी यसैमा रमाऔं ।

प्रमा पण्डित
कक्षा ६, वर्ष ः ११
पशुपति मित्र मावि चावहिल
काठमाण्डौ, नेपाल

Exit mobile version