JanaKura

ह्वाइट हाउस अगाडि “ब्ल्याक लाइफ म्याटर प्लाजा” घोषित

२४ जेष्ठ २०७७, शनिबार ।वासिङ्टन पोष्ट। अमेरिकाको राजधानी वासिङ्टन डिसिको ह्वाईट हाउस जाने एक सडकमा शहरकी मेयर मुरियल ब्राउसर आँफैले ‘ब्ल्याक लाइफ म्याटर’ पेन्ट गर्न लगाएकी छिन् । डिसीको उक्त सडक पुरै ढाक्ने गरी पंहेलो रङको अंग्रेजी अक्षरमा ‘ब्ल्याक लाइफ म्याटर’ लेखिएको हो ।ह्वाईट हाऊसको दक्षिण तर्फ जाने दुई लेनको १६ स्ट्रिटको पुरै दुई वटा ब्लकलाई अक्षरले ढाकेको छ । आउँदो सप्ताहन्तमा त्यस क्षेत्रमा बिशाल प्रदर्शन आयोजना गरिएको छ । मेयर ब्राउसरले आज ५ तारिख शुक्रबार ‘ब्ल्याक लाईफ म्याटर’ पेन्ट गरिएको भिडियो आफ्नो ट्विटरमा पोष्ट गरेकी छिन् । सडकमा उक्त नारा लेख्न मेयर आफैले पेन्टरलाई संपर्क गरेको र शुक्रबार बिहानैदेखि पेन्टरले उक्त नारा पेन्ट गर्न थालेका थिए । मेयर ब्राउसरले अधिकारिकरुपमा ह्वाईट हाऊस अगाडिको १६ स्ट्रिटको एक भागलाई ‘ब्ल्याक लाईफ म्याटर प्लाजा’ समेत घोषणा गरेकी छिंन् ।

Exit mobile version