JanaKura

बुढानीलकण्ठ नगरपालिकामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि :-

टाेखालाइभ डट कम/बैशाख ३९, २०७८,

बुढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ। बैशाख २९ गते  थपिएका संक्रमित मध्ये ३६ जना महिला र ३८ जना पुरुष रहेका छन्। थप संक्रमित सँगै नगरपालिकाभित्र हालसम्मको संक्रमित संख्या ९१० पुगेको छ।

वडागत विवरणः
वडा नं १ : एक पुरुष,
वडा नं २: दुई महिला र  दुई पुरुष,
वडा नं ३:  तीन महिला र  छ पुरुष,
वडा नं ४:  पाँच महिला र एक पुरुष
वडा नं ५:  एक महिला
वडा नं ६:एक महिला र  पाँच पुरुष
वडा नं ७:  छ महिला र  तीन पुरुष
वडा नं :८  चार महिला र  छ  पुरुष
वडा नं ९:  चार महिला र  चार  पुरुष
वडा नं १०:  छ महिला र  पाँच पुरुष
वडा नं ११:  एक महिला र  तीन पुरुष
वडा नं १२:  दुई महिला र  तीन पुरुष

Exit mobile version