JanaKura

कालिमाटी तरकारी बजार बन्द:-

टाेखालाइभ डट कम / बैशाख २९

कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले खुद्रा तथा कृषक फलफूल तथा तरकारी बजार बन्द गर्ने भएको हो। समितिले निकालेको सूचना अनुसार  जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि ती बजार बन्द गरिने भएको हो ।

 

बजार मंगलबारदेखि पूर्ण रूपमा बन्द गरिने छ।खुद्रा बजार बिहीबारदेखि बन्द हुने छ। थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार भने बुधबारदेखि बन्द हुने छ,’ समितद्वारा जारी सूचनामा भनिएको छ।’ थोक बजारमा प्याकेजिङ गरेर भने बिक्री वितरण गर्न पाइने छ। थोक पसलमा अधिकतम २ जना बसी सामाजिक दुरी कायम गरेर बिक्री वितरण गर्न आग्रह गरिहेको छ।

Exit mobile version