नविना श्रेष्ठ
टाेखालाइभ डट कम/बैशाख २७,२०७८
कोरोना भाईरस कोभिड – १९ का कारणले बिद्यालय सञ्चालनमा ल्याउन नसकिएको डिभाइन स्कूल बैशाख २७ गते आजबाट अनलाइन कक्षा सुरू गर्ने भएको छ। टाेखा नगरपालिका वडा २ मा रहेेेेको उक्त विद्यालय कोभिडका कारणले बन्द भएको थियो ।
बैशाख २६ गते देखि बैशाख ३१ गते सम्म कक्षा नर्सरी देखि नौ कक्षा सम्मका विद्यार्थीहरुका लागि पुस्तक आएको जानकारी दिदै बिहानको समय ६: ३०देखि ९:०० बजे सम्म डिभाईन स्कूलको भवनमा र गणेशस्थान नजिक सम्पर्क राखी आफ्नो बालबालिकाहरूलाई पाठ्यपुस्तक साथमा अन्तिम परीक्षाको परिणाम नतिजा लिइदिन हुन सम्पूर्ण अभिभावकहरुमा विद्यालयले आग्रह समेत गरेका छन्।
विद्यालयले पठाएको लिष्ट अनुसार आफूहरुलाई पाएक पर्ने पुस्तक पसलबाट पनि खरिद गर्न सकिने स्कूलका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताए।