टाेखालाइभ डट कम/ बैशाख १४,२०७८
२०७२ सालको महाभुकम्पले ध्वस्त भएको स्वयम्भुस्थित बुद्धचार्य पुजारीहरूको १७ वटा घर, कोपा द्द्य्:छेँ र कर्मराज महाविहार बौद्ध गुम्बाको निर्माण कार्य सम्पन्न गरी आज एक औपचारिक समारोहमा प्रमुख अतिथि संघीय सांसद माननीय जीवनराम श्रेष्ठज्युबाट समुद्घाटन गरी सम्बन्धित बुद्धचार्य परिवार र महाविहारलाई हस्तान्तर गर्नुभयो।
उक्त अवसरमा प्रमुख अतिथिले यो नमुना कार्य भएको र भुकम्पबाट क्षति भएको चोक र बहालका घरहरू पनि यस्तै गरी हाउस पुलिङटको योजना बनाई गर्न सकिने बताउनु भयो। स्वयम्भुको मौलिकता संरक्षण गरी राख्न सके मात्र यसको महत्व रहने र स्वदेशी तथा बिदेश पर्यटक धेरै आउने बताउनुभयो। आफुले शुरू गर्न लागेको हनुमानढोकाबाट स्वयम्भु आउने बिश्व सम्पदा मार्ग बनाउन लागिरहेको र अब स्वयम्भुमा शारीरिक अशक्त भएका सबै मन्दिर पुग्ने सक्नेछ गरी लिफ्ट वा स्केलेटर वा र्याम्प निर्माण गर्न छलफल अघिबढाएको पनि बताउनु भयो।
कार्यक्रममा काठमाडौ महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य, पुरातत्वको पुर्ब महानिर्देशक भेषनारायण दहाल, महानगरका उपमेयर हरिपप्रभा खड्गी, र बिहारका लामागुरू हरूले मन्तब्य दिनु भएको थियो। प्रवक्ता एव का.म.पा. १५ अध्यक्ष ईश्वरमान डंगोलको सभापतित्वमा वडा सदस्य निमा घ्याम्छोले सन्चालन गर्नु भएको थियो।