JanaKura

टाेखा २ का कृषकलाई धानको बिउ माग गर्न आव्हान ।

 

टाेखालाइभ डट कम / चैत्र २६ ,२०७७

टाेखा नगरपालिका वडा २ का सर्वसाधारण कृषकलाई धानको बिउ माग गर्न वडा २ को कार्यालयले एक सूचना जारी गरेको छ। टाेखा नगरपालिकाको आर्थिक वर्ष २०७७/७८को सातौ नगरसभाको निर्णय अनुसार वार्षिक नगर विकास योजना अन्तर्गत वडा २ को वडास्तरीय आर्थिक विकास क्षेत्र , कृषि उपज क्षेत्र ,कृषि प्रोत्साहन बीउ बिजन तथा वाेट बिरुवा वितरण कार्यक्रमको परिधी भित्र रहेर टाेखा वडा २ मा रहेका कृषकलाई बर्षे धानको बिउ बिजन वितरण गर्ने वडास्तरीय बैठक पछि सो निर्णय भएको थियो ।

साथै वडा २ का कृषकलाई  कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र वडा २ को कार्यालयमा सम्पर्क गरि आफुलाई चाहिने धानको बिउ टिपाउन हुन समेत अनुरोध गरेको छ।

 

Exit mobile version