JanaKura

झोरमा होमस्टे प्रबर्द्धन गर्न टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोल आफै अध्ययन अवलोकन भ्रमणमा

टोखा लाइभ डट कम/ चैत्र १५
सानुराज डंगोल / स्याङ्जा

टाेखा नगरपालिका र नेपाल पर्यटन बाेर्ड भृकुटीमण्डपको विशेष सहयोगमा संचालन भैरहेको शिवपुरी बौडेश्वर सामुदायिक होमस्टे तथा पर्यटन व्यवस्थापन समितिद्वारा आयोजित टोखा नगरपालिका वडा १ झोरमा ७ दिने हाेमस्टे व्यवस्थापन तथा आतिथ्यता सम्बन्धि तालिमको प्रबर्द्धन गर्न टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोल आफै अध्ययन अवलोकन भ्रमणका क्रममा नेपालको पहिलो पर्यटन गाउँ स्याङ्जा जिल्लाको आधीखोला गाउँ पालिकाको वडा नं१ स्थित सिरुबारी सामुदायिक हाेमस्टेमा पुगेको हो।

 

सो हाेमस्टे अध्ययन अवलोकन भ्रमणमा टाेखा नगरपालिका योजना अधिकृत बासुदेव भेटुवाल,सूचना अधिकृत वसन्त पाठक, नेपाल पर्यटन बाेर्डका अधिकृत जानकी उपाध्याय र प्रज्ञा घिमिरे लगायत टाेखा नगरपालिकाका विभिन्न वडा बाट २७ जना प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो।

टाेखामा हाेमस्टे प्रबर्द्धन गरि टाेखामा धेरै प्राकृतिक र सांस्कृतिक सम्पदाहरु रहेकोले यस्ले टाेखा नगरपालिका भित्र पर्यटन प्रबर्द्धन गर्न टेवा पुग्ने टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोलले बताइन् ।

आयोजक शिवपुरी बौडेश्वर सामुदायिक होमस्टे तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष, तथा कार्यक्रम संयोजक रामकुमार अधिकारीले अध्ययन अवलोकन भ्रमणले हाेमस्टे संचालन गरि झोरमा पर्यटन प्रबर्द्धन गरि अघि बढ्न सहज हुने बताए ।

 

Exit mobile version