टाेखालाइभ डट कम/ चैत्र ७
श्री मसानकाली भुटखेल टाेल बिकास संस्थाको आयोजनामा टाेखा नगरपालिका वडा ३स्थित प्राचीन भूटखेलमा अवस्थित श्री मसानकाली माइ पिगँ द्य: को ऐतिहासिक मुर्ति जिर्णाेद्वार तथा प्राणप्रतिस्थाको औपचारिक कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख प्रकाश अधिकारीले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको थियो ।
श्री मसानकाली माइ पिगँ द्य: को ऐतिहासिक मुर्ति जिर्णाेद्वार तथा प्राणप्रतिस्था तथा उद्घाटन कार्यक्रमको श्री मसानकाली भुटखेल टाेल बिकास संस्थाको सभा अध्यक्षमा सुकुनारायण डंगोल रहनुभएको थियो भने संस्थाको सचिव प्रकाश डंगोलले स्वागत मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा मसानकाली माइ पिगँ द्य: को ऐतिहासिक मुर्ति बनाउने ललितपुर ईमाडाेल निवासी मूर्तिकार रवि शाक्यलाई नगर प्रमुख प्रकाश अधिकारीले दोसल्ला ओदाइ सम्मान – पत्र प्रदान गर्नुभएको थियो । त्यसैगरी मसानकाली माइ पिगँ द्य: को ऐतिहासिक मुर्तिमा बुट्टा कुद्ने सहायक मुर्तिकार दिपेन्द्र शाक्यलाई पनि नगर प्रमुख प्रकाश अधिकारी दोसल्ला ओदाइ सम्मान – पत्र प्रदान गर्नुभएको थियो ।
मसानकाली माइ पिगँ द्य: को ऐतिहासिक मुर्ति जिर्णाेद्वार तथा प्राणप्रतिस्था उद्घाटन पछि नगर प्रमुख प्रकाश अधिकारीले मसानकाली माइ पिगँ द्य:खल:परिवारले अत्यन्त मेहनत र परिश्रम गर्दै स्थानीय सरकारको जिम्मेवारी सम्हालिइरहेको नगर प्रमुख लगायत जनप्रतिनिधिहरुलाई घचघचाएर हाम्रो यो ऐतिहासिक धार्मिक सांस्कृतिक धरोहरको रूपमा रहेको यो ठाँउलाई जिवन्त दिनुपर्छ भन्ने सन्दर्भ जाेडेर टाेखा नगरपालिका समक्ष यहाँहरुले आवाज र समस्या राख्नु भएको बताउदै यो समस्यालाई समाधान गर्ने सन्दर्भमा उहाँहरु मेहनत का साथ अगाडि बढनु भएकोमा नगर प्रमुखको तर्फबाट र सिङ्गो टाेखा नगरपालिकाको तर्फबाट आयोजकलाई हार्दिक धन्यवाद दिनुभयो।
साथै उहाँले टाेखावासीले आफुलाई जनप्रतिनिधि बनाउनुहुने टाेखावासी प्रती हार्दिक आभार व्यक्त गर्दै बन्नुभयो-” आज सबैको चाहना र अभिलाषा छ टाेखा नगर हरेक हिसाबबाट अगाडि बढाेस् भन्ने सबैको चाहना छ यस्को प्रतिबिम्ब स्वरूप हामी अगाडि बढिरहेका छौं। टाेखा नगरपालिकाको यो वस्ती एउटा सांस्कृतिकमय होस् एउटा ऐतिहासिक धरोहरको रूपमा रुपान्तरण होस् भन्ने तपाईहरुको परिकल्पना र चाहना छ।त्यस्लाई हामीले केही हदसम्म भएपनि पुरा गर्नतिर लागिरहेका छौं । त्यसकारण यो ठाँउमा यदि हामीले एउटा ऐतिहासिक धार्मिक र सांस्कृतिक ठाँउको रूपमा रुपान्तरण गर्न सकियो भने वास्तविक रूपमा भोलि हामीले आन्तरिक पर्यटकहरु उपस्थित गराइ हाम्रो जिवनचर्यालाई पनि केही हदसम्म सुखद पक्ष तिर लैजान सकिन्छ ।त्यस कारणले गर्दा एउटा पौराणिक ऐतिहासिक ठाँउको रूपमा विकास गर्नको लागी यहाँका विभिन्न सांस्कृतिक खल:पुच:लागिरहेको छ, टाेखा नगरपालिका लागिरहेको छ र यहाँका जनप्रतिनिधि लागिरहेको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।
कार्यक्रममा टाेखा बिस्का: जात्रा , चतुर्मास भजन देखि लिएर मसानकाली माइ पिगँ द्य:मन्दिरमा प्रत्येक शनिबार भजनकिर्तन गर्ने पिगँ द्य:दाफा खल:का गुरु काजीलाल डंगोल , ईन्द्रायणी दाफा खल: का गुरु चन्द्रमान डंगोल , नायखिं बाजा गुरु मिमलाल खड्गी,धमलटार बाँसुरी खल: का गुरु ,सरस्वती धिमेखलका गुरु कान्छा डंगोल र पाें खल:का गुरुहरुलाई अतिथि नगर उप- प्रमुख ज्ञानमाया डंगोलले सम्मान – पत्र प्रदान गर्नुभएको थियोे ।
कार्यक्रममा श्री मसानकाली भुटखेल टाेल बिकास संस्थाको सभा अध्यक्षमा सुकुनारायण डंगोलले श्री मसानकाली माइ पिगँ द्य: को ऐतिहासिक मुर्ति जिर्णाेद्वार तथा प्राणप्रतिस्थामा सहभागी भै शोभा बढाई दिनुहुने १८ जना विभिन्न संघसंस्थाका प्रतिनिधि तथा जनप्रतिनिधि महानुभावहरुलाई कृतज्ञताका साथ मायाको चिनो प्रदान गर्नुभएको थियो ।
श्री मसानकाली भुटखेल टाेल बिकास संस्थाका उपाध्यक्ष मुक्तिमान डंगोलले संचालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रकाश अधिकारी
अतिथि टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोल,मुलनायो हेमराज श्रेष्ठ , टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ , मूर्तिकार रवि शाक्य/दिपेन्द्र शाक्य/ सुुुशन शाक्य, टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी लगायत वडासदस्य हेरकाजी महर्जन/पन्च कुमारी श्रेष्ठ , टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोल, टाेखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठ वडासदस्य हरिमान श्रेष्ठ , भुटखेल ईन्द्रायणी सामुदायिक बनका अध्यक्ष सुर्यमान डंगोल लगायत आयोजक सदस्यहरु विभिन्न खल: पुच:का सदस्यहरु संस्कृतिप्रेमी , श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन पछि अतिथिहरु तथा श्रद्धालु भक्तजनहरुलाई आयोजकले समयबजी भ्वयमा सरिक गराए पछि श्री मसानकाली माइ पिगँ द्य: को ऐतिहासिक मुर्ति जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन गर्न, मन्दिर प्राङ्गणमा १०८ संख्यामा माटाका बटुकामा जमिनबाट उम्रने सबै थरीका अन्नहरु राखेर होम सम्पन्न गरेपछि मसानकाली माइ पिगँ द्य:को नवनिर्मित देवीमा पन्चबली चढाएका थिए।