• 2021-03-05

    टाेखा लाइभ/ फागुन २१

    काठमाडौं । माघ २९ गतेदेखि बन्द भएको नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । माघ २९ गते ल्होसारदेखि बन्द भएको रसुवा भन्सार कार्यालय सूचना अधिकारीहरुले बताएका छन्  ।

    चीनमा थन्केका नेपाली व्यावसायीको सामान बोकेका ५ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आइसकेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारीहरुले संचार माध्ययमहरुलाई जानकारी दिएको समाचार उल्लेख छ । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै