JanaKura

टोखा वडा नम्बर ६ मा कौशी खेती तालिम सम्पन्न:-

शोभा तामाङ

टाेखालाइभ डट कम / फाल्गुन१९ काठमाडौं,

टोखा नगरपालिका वडा नम्बर ६ मा टोखा नगरपालिका कृषि शाखाबाट दुई दिने कौसी खेती एवम् कम्पोस्ट मल बनाउने तालिम संचालन गरिएको छ। उक्त तालिम टोखा नगरपालिका वडा ६ निवासी ७० जनाले कौशी खेती तालिम लिएका थिए। तालिम सफलता पुर्बक सम्पन्न भएको र उक्त तालिमबाट प्रशिक्षार्थीहरुले राम्रो शिक्षा पाएको र थोरै भए पनि ताजा हरिया तरकारीहरु तथा फलफुलहरु आफै उत्पादन गरि उपभोग गर्ने आफुहरुलाई बिश्वास रहेको वडा ६ का वडा सदस्य चन्द्र श्रेष्ठले बताउनु भयो।

साथै यस तालिमले वातावरण संरक्षणमा समेत भुमिका वहन गर्ने आफुहरुले बिश्वास रहेको पनि जानकारी दिनुभयो। तालिममा सबै प्रशिक्षार्थीहरुलाइ कौसि खेती सम्बन्धि सामाग्रीहरु बितरण गरिएको थियो। यो कौशी खेती तालिमको लागि टाेखा नगरपालिकाले दुई लाखको बजेट बिमोजित गरिएको थियो।

Exit mobile version