JanaKura

छाउनी बाहिटी सामाजिक सेवा केन्द्रको पाचौं साधारण सभा सम्पन्न:-

टाेखालाइभ डट कम / माघ २४,२०७७

प्रतिनिधि सभाका सदस्य माननीय जीबनराम श्रेष्ठको प्रमुख आतिथ्यमा छाउनी बाहिटी सामाजिक सेवा केन्द्रको पाचौं साधारण सभा सम्पन्न भएको छ। माननीय श्रेष्ठले कार्यक्रमको उद्‍घाटन गर्दै सेवा केन्द्रको तर्फबाट टोलको बिकासमा खेलेको भुमिकाको प्रसशा गर्नुभयो र छाउनी म्युजियम स्थित अतिक्रमित जग्गा १५वडा अध्यक्षको समेत सक्रियतामा संरक्षण गर्ने काम भएकोमा धन्यवाद दिदै सांसद बिकास कोषबाट भुकम्प स्मृति पार्क निर्माण भैरहेकोमा यो बर्ष सम्पन्न गर्ने बताउनुभयो र उक्त पार्कमा ब्यायामको सामान समेत राखि टोलबासीलाई स्वस्थ रहन मद्दत पुग्ने बताउनु भयो।


कार्यक्रममा बिशेष अतिथि १५वडा अध्यक्ष तथा काठमाडौं महानगरपालिका प्रबक्ता ईश्वरमान डंगाेल, सभापति छाउनी बाहिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष राजु महर्जन, प्रगति बिबरण सेवा केन्द्रका सचिव रामप्रसाद पण्डित र सञ्चालन गौतम डंगोलले गर्नुभएको थियो।
पाँचौं साधारण सभाबाट निम्नानुसार पदाधिकारी सर्बसहमतिले निर्बाचित हुनु भएको छ।
अध्यक्ष राजु महर्जन, उपाध्यक्ष दिल कुमारी कार्की, सचिव गौतम डंगोल, कोषाध्यक्ष रुपा रञ्जितकार, सदस्यहरु निदेश प्रधान, उषा चन्द मास्के, सञ्जय महर्जन, महेश राम श्रेष्ठ र बिकास महर्जन हुनुभयो।

 

 

Exit mobile version