JanaKura

विदेशको नागरिकता लिएका नेपालीलाई विनाशर्त अन अराइभल भिसा

माघ १९, २०७७ मंगलवार

टोखा लाइभ ।विदेशको नागरिकता लिएका नेपालीहरुलाई नेपाल प्रवेश गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब विनाशर्त अन अराइभल भिसा प्रदान गरिने भएको छ । अध्यागमन विभागले एक सुचना प्रकाशित गरी राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएका नेपाली मूलका विदेशी, नेपालीसँग नातासम्बन्ध भएका र गैर आवासीय नेपाली नागरिकलाई अन अराइभल भिसा दिने उल्लेख गरेको छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तले आफूहरुको बारम्बारको अनुरोधपछि सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिनाशर्त अनअराइभल भिसा खुला गरेको जानकारी दिएका छन् । उनले स्वास्थ्य सुरक्षाका लागि प्रयाप्त सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरेका छन् ।

उनले भनेका छन् -‘ हाम्रो बारम्बारको अनुरोधपछि सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिनाशर्त अनअराइभल भिसा खुला गरेको छ। स्वास्थ्य सुरक्षाका लागि पर्याप्त सावधानी अपनाएर यात्रा गर्न गैरआवासीय नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछु । शुभ यात्रा ।’

Exit mobile version