• Jana Kura

  • 2021-01-31

टोखा लाइभ।माघ १८, २०७७

काठमाडौँ : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार बिहान बाँडफाँट भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएलएस क्यापिटलले सेयर नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट भएको हो ।

बाँडफाँट भएको आइपीओ अनुसार १० देखि ५० कित्ता आवेदन गर्ने लगानीकर्ताले १ करोड १२ लाख १९ हजार ८० कित्ता पाउनेछन् । त्यसैगरी ६० देखि २ लाख कित्ता आवेदन गर्ने लगानीकर्ताले थप ५० कित्ताका दरले ५ करोड ९७ लाख २ सय कित्ता पाउनेछन् ।

बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर ६० देखि २ लाख कित्ता माग गर्ने लगानीकर्ताले थप १० कित्ताका दरले प्राप्त गर्नेछन् । गत माघ २ गतेदेखि ६ गतेसम्म खुलाएको आइपीओमा १४ लाख ८१ हजार २८४ जनाले १६ करोड ७८ लाख ५ हजार ४४७ कित्ताका लागि आवेदन दिएका थिए ।

त्यसमध्ये ६ हजार २७६ जनाको आवेदन रद्द भएको थियो ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै