JanaKura

प्रचण्ड–माधव समुहको नेकपाले माघ २८ गते बिशाल जन प्रदर्शन गर्ने:-:-

टाेखा लाइभ / माघ १५, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको केन्द्रिय संघर्ष समितिको विहिबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष्यद्धयले प्रतिनिधि सभा विघठनका विरुद्ध गरिने सबै विरोधका कार्यक्रमहरुलाई अझै शसक्त बनाउन आफु निकट नेता कार्यकर्तालाई निर्देशन दिएका छन ।
केपी ओली सरकारले गरेको प्रतिनिधि सभा विघठनका विरुद्ध प्रचण्ड–माधव समुहको नेकपाले माघ २८ गते हुने विरोधका कार्यक्रमहरुलाई शसक्त बनाउँदै बिशाल जन प्रदर्शन गर्ने बताएको छ ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टीका दुबै अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आन्दोलनमा समर्थन गर्ने सबैलाई धन्यवाद दिँदै कुनै पनि हालतमा संविधानको रक्षा गर्ने प्रतिबधता जनाएका छन । साथै प्रचण्ड–माधव दुबै नेताले नेकपा पार्टी आफ्नै भएको दाबी समेत गरेका थिए ।

Exit mobile version