JanaKura

टोखा नगरपालिका वडा नं.५ ले निकाल्यो तालीम सम्बन्धि सुचना:-

टाेखा लाइभ / माघ १५, २०७७

टोखा नगरपालिका वडा नं ५ ले एक तालीम सम्बन्धि सार्वजनिक सुचना जारि गरेको छ। वडा अध्यक्ष जगन्नाथ ढकालले जारि गरिएको उक्त सुचनामा टोखा नगरपालिका वडा नं ५ को आर्थिक वर्ष २०७७/७८ सामाजिक विकास अन्तर्गत दलित तथा महिलाको लागि आधारभूत सिलाइ तालिम कार्यक्रम संचालन गर्न लागेको सार्वजनिक सुचनामा उल्लेख गरिएको छ।
टोखा नगरपालिका वडा नं ५ वडामा स्थायी बसोबास गर्नुहुने इच्छुक लक्षित ब्यक्तिहरुले मिति २०७७ माघ मसान्त भित्र वडा कार्यलयमा आवश्यक कागजात नागरिकताको प्रतिलिपि -१
पासपोर्ट साइजको फोटो -२ र कागजात सहित नाम दर्ता गर्नुहुनको लागि सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ। साथै सो वडा बाट आधारभूत सिलाइ तालिम लिई सकेको व्यक्तिले सो कार्यक्रममा पुन सहभागी हुन नपाइने पनि सुचनामा उल्लेख गरिएको छ।

 

Exit mobile version