• Jana Kura

    • 2020-10-29

    डोटी । डोटीमा अरिङ्गालले टोक्दा दुई जना बालिकाको ज्यान गएको छ । डोटीको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकाको ज्यान गएको हो । उक्त वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

    घर नजिक रहेको रुखमा गुड बनाएर बसेको अरिङ्गालले बालिकाहरुलाई टोकेको थियो । टोकाइबाट गम्भीर घाइते दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगेपनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै