• Jana Kura

    • 2020-10-21

    टोखा लाइभ । दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएको छ । नेपाल बैंकर्स संघले मंगलबार सूचना जारी गर्दै कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने जानकारी गराएको हो ।

    यसअघि दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेको थियो ।

    बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ ।

    वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको र ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भएकाले संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको प्रयोगमाजोड दिन संघले अनुरोध समेत गरेको छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै