• Jana Kura

    • 2026-05-21

    वीरगन्ज ७ जेठः समयमा काम सम्पन्न नगरेको तथा विगो सम्बन्धी मुद्दामा दोषी ठहर भएका पप्पु कन्ट्रक्सन प्रालिका सञ्चालक सुमित रौनियार विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    पर्सा जिल्ला अदालतले उनलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो । अदालतले यसअघि नै दुई वर्ष कैद सजाय र १ करोड १५ लाख ६५ हजार रुपैयाँ विगो तिर्नुपर्ने फैसला गरेको थियो ।

    वीरगन्ज महानगरपालिका–१४ का प्रमोद निर्माण सेवाका सञ्चालक मनोज पटेलले दिएको मुद्दामा रौनियार दोषी ठहर भएका थिए । सो मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले समेत जिल्लाको फैसला सदर गरेको थियो ।

    फैसला कार्यान्वयनका लागि आदेश जारी भए पनि हालसम्म पक्राउ हुन नसकेको भन्दै सरोकारवालाले प्रहरीको तदारुकतामाथि प्रश्न उठाएका छन् ।

    सम्बन्धित ठेक्का विवादका कारण यो मुद्दा अघि बढेको बताइएको छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै